तेस्रो चरणको चुनाव: उम्मेदवारीमाथि आज दाबी विरोध

काठमाडौं, भदौ २२ । प्रदेश नम्बर २ मा असोज दुई गते हुने स्थानीय तहको चुनावका लागि उमेद्वारी दर्ता गराएका माथि दाबी विरोधको कार्यक्रम आज हुँदैछ । उमेद्वार माथिको दाबी विरोधका लागि विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याईएको छ । त्यसपछि मनोनयनपत्र जाँचको काम हुनेछ ।

यो काम भोली विहान ११ः३० बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिनुभयो । भोली दिउँसो १ बजेसम्म मनोनयन भएकाहरुको नामावली प्रकाशन गर्ने कार्यसुची रहेको छ । त्यस्तै १ बजेदेखि ५ बजेसम्म नाम फिर्ता गर्न सकिने कार्यसुचीमा उल्लेख छ । उमेद्वारको अन्तिम नामावली प्रकाशन २४ गते विहान १० देखि ११ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म उमेद्वारलाई निर्वाचन चिन्ह प्रदान कार्यक्रम रहेको छ ।

स्थानीय तहको तेस्रो चरणको चुनावका लागि हिजो २ नम्बर प्रदेशका आठ जिल्लामा उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ । यसअघि दुईपटक तोकिएको चुनाव सारेर २ नम्बर प्रदेशका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । ६ हजार ६ सय २७ पदका लागि १८ हजारभन्दा धेरैको मनोनयन दर्ता भएको जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =