प्यासेन्जर बनेर लुटेराले लुटे ट्याक्सी चालकलाई

भाद्र २९, काठमाडौँ । काठमाडौँमा आईतबार बिहान एक ट्याक्सी चालक लुटिएका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ गाम्चापुल नजिकैबाट ट्याक्सी चालक ३८ वर्षीय चलक पूर्णबहादुर तामाङ लुटिएका हुन् ।
ओखलढुंगा घर भई हाल काठमाडौं महाँकाल बस्दै आईरहेका चालक तामाङको साथबाट लुटेराका एक समूले नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटेको प्रहरीले जनाएको छ ।

बा१ज ९०४१ नम्बरको उनको ट्याक्सीमा सामाखुसीबाट चढेका ३ अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए ।
लुटेराको खोजतालास गर्ने क्रममा उनको ट्याक्सी भने सामाखुशीमा रोकी राखेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले फेला पारेका थिए । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजीकार्य तीब्र रुपमा जारी रहेको प्रहरीले जनाएको छ ।









