स्वच्छ मासुको विज्ञापनमा गाईको फोटो हालेपछी विभागले माग्यो माफी

असोज ७, काठमाडौँ । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरिएको पोष्टरमा  भूलबस नेपालको राष्ट्रिय जनावर गाईको फोटो हालेपछी माफी मागेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले मंगलबार विज्ञप्ती नै जारी गरी माफी मागेको हो ।   

बिभागले निकालिएको विज्ञप्तीमा गाईको फोटो भूलबस हालिएको भन्दै माफी मागेको छ । जारी बिज्ञप्तीमा लेखिएको छ । ‘पशुसेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभ स्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपुरको बा२झ ३८११ नम्बरको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारको लागि राखिएका पोष्टरमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश अन्यत्र पर्न गएकोमा सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवालाहरुले उठाउनुभएको गुनासोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

विभागले उक्त त्रुटि सच्याइसकिएको जानकारी दिँदै प्राविधिक कारणले त्रुटि भएकोमा क्षमा याचना गरेको विभागका महानिर्देशक डा। वंशी शर्माले विज्ञप्तिमा जनाएका छन्। 

बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त सार्वजनिक भएको विवादित पोष्टरमा  पाठाले दूध खाइरहेको बाख्राको तस्वीर समेत समावेश गरिएको देख्न सकिन्छ । यस्तो फोटो समावेश भएको देख्दा विभागले पोस्टर सार्वजनिक गर्दा विचार पुर्‍याउन नसकेको प्रष्ट थाहा हुन्छ ।   

विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको र हाल बजारमा पठाइएको ती पोस्टरहरुको संकलन कार्य भईरहेको छ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =