भारतलाई लाग्यो झड्काः धवन तीन साता मैदान बाहिर, पाँच खेल गुमाउने
२०७६ जेठ २९ गते

जेठ २८, काठमाडौं । भारतीय ओपनर ब्याट्सम्यान शिखर धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँच खेल गुमाउने भएका छन् ।
आइतबार अष्ट्रेलियाविरुद्ध खेल्ने क्रममा हातमा चोट लागेका कारण उनले न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इण्डिज र इंग्ल्याण्डसँगको खेल गुमाउने भएका हुन् । उनी तीन सातासम्म मैदान बाहिर रहने छन् ।
null
अष्ट्रेलियाविरुद्ध धवनले ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।
धवनले चोट बोकेपछि भारतलाई ठुलो झड्का लागेको छ । विश्वकपमा धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानका अर्को खेलाडीलाई परिवर्तन गर्न सक्ने सम्भावना पनि छ । यद्यपी अहिले नै कोही राख्ने या नराख्ने भन्ने निर्णय भइसकेको छैन ।
२०७६ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








