त्रिवि सेवा आयोगमा अनशन, परीक्षा खारेजीको माग

काठमाडौं, २० जेठ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अनियमित ढंगले सञ्चालन गरेको परीक्षा खारेजीको माग गर्दै विद्यार्थीले थालेको रिले अनशन दुई साता पुगेको छ । त्रिविस्थित आयोग परिसरमा दुई सातादेखि अनशन बस्दा पनि माग सुनुवाइ नभएको विद्यार्थीले गुनासो गरेका छन् । 

‘आयोगकै पदाधिकारी दोषी हुन्, उनीहरूलाई बर्खास्त गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ अखिल क्रान्तिकारीका महासचिव पेशल दाहालले भने, ‘माग पूरा नभएसम्म अनशन जारी राख्छौं ।’ दाहालका अनुसार दैनिक १२/१५ जनाका दरले विद्यार्थी अनशनमा बस्दै आएका छन् । 

उनीहरूले ‘भ्रष्ट पदाधिकारी’ लाई बर्खास्त गर्नुपर्ने र अनियमित तरिकाले लिएको परीक्षाको नतिजा रद्द गर्नुपर्ने मागसमेत अघि सारेका छन् । ‘सेवा आयोगकै अध्यक्ष, प्रशासकीय प्रमुख र त्रिविका उच्च तहका पदाधिकारीलेआफ्ना नातागोतालाई जागिर खुवाउन अपारदर्शी तरिकाले पास गराएका छन्,’ दाहालले भने, ‘विश्वसनीयता गुमेको सेवा आयोगचाहिँदैन भनेर अनशन थालेका हौं ।’ 

null

अनशनमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीनिकट विद्यार्थी संगठनका महासचिव दाहालसहित त्रिवि इकाई अध्यक्ष हेमराज शर्मा, काठमाडौं अध्यक्ष संघर्ष दाहाल, केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष सिलु न्यौपानेलगायत विद्यार्थी सहभागी छन् । त्रिविको विद्यार्थी कल्याण परिषद्ले अनौपचारिक रूपमा अनशनप्रति चासो देखाए पनि अन्य निकायलेबेवास्ता गरेको दाहालले जनाए । 

 

‘आयोगमा अनियमितता’क्रिवि आयोगले सञ्चालन गरेको कर्मचारी नियुत्तिको परीक्षामा अनियमितता भएको समाचार कान्तिपुरले प्रकाशित गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा छानबिन गरिरहेको छ । सेवा आयोग कार्यालयबाट अख्तियारले परीक्षार्थीको उत्तरपुस्तिकालगायत परीक्षामा संलग्न कागजात जफत गरेर छानबिन गरिरहेको छ । 

छानबिन निष्कर्षमा पुगिनसकेको अख्तियार स्रोतको दाबी छ । स्रोतका अनुसार प्रारम्भिक छानबिनमा परीक्षामा अनियमितता भएको अख्तियारको निष्कर्ष छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको छ । यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कताकेन्द्रमा उजुरी परेको थियो । 

अख्तियारको छानबिनपछि अधिकृत तहको अन्तर्वार्ता स्थगित गरिएको छ । अन्य पदको अन्तर्वार्ता भने सञ्चालन गरिएको हो । त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् । 

त्रिवि पदाधिकारीले भनसुनका आधारमा थुप्रै पहुँचवालाका आफन्तलाई समेत परीक्षामा पास गराएको स्रोतको दाबी छ । कुन पदाधिकारी, कुन विद्यार्थी र कर्मचारीका नेताले कुन प्रतिस्पर्धीलाई पास गराउन सिफारिस गरे भन्ने सूची सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । 

५० भन्दा बढी प्रतिस्पर्धीलाई पहुँच आधारमा उत्तीर्ण गराइएको उक्त सूचीमा उल्लेख छ । पहुँचवाला कर्मचारी, विद्यार्थी नेताका आफन्तलाई पास गराउन सेवा आयोगका पदाधिकारीले नतिजा आउनुअघि नै सूची बोकेर हिँडेका स्रोतले जनाएको छ । 

आयोग अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट हुन् । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको एक प्रााध्यापकले बताए । आयोगका सदस्य चिन्तामणि पोखरेलसमेत पहुँचवाला र आफन्तलाई पास गराउने सेटिङमासंलग्न रहेको विद्यार्थीको गुनासो छ । 

आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो । नतिजा प्रकाशनमा बदमासी गरेको भन्दै प्राध्यापक र विद्यार्थी संघ/संगठनले छानबिन गरी कारबाही गर्न माग गर्दै आएका छन् । 

अध्यक्ष शर्मा भतिजी, प्रशासकीय प्रमुख कोइराला छोरी अधिकृतस्तरको परीक्षामा सहभागी हुँदासमेत आफैं परीक्षामा संलग्न हुँदै आएका हुन् । नातागोता वा आफन्त परीक्षार्थी भए परीक्षामा सहभागी हुन नपाइने प्रावधान छ । आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =