नेपोलिलाई हराउँदै लिभरपुल प्रिक्वाटरफाइनलमा

इंग्लिस क्लब लिभरपुल इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। 

 

नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा लिभरपुलले नेपोलीलाई १–० ले पराजित गरेको हो । लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट फ्रेन्च लिग वान कलब पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । 

null

 

एनफिल्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले ३४औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो । उनले जेम्स मिल्नरको पासलाई गोलमा परिणत गरेका थिए । 

 

गर या मरको खेलमा दुुवै टोलिले गोलका धेरै अवसर सिर्जना गरेपनि गोल गर्नबाट चुक्दा त्यही गोल लिभरपुुललाई अघिल्लो चरणमा पुुर्याउन पर्याप्त बन्यो। जितपछि दुुबै टोलिको समान ९ अंक भए पनि गोलअन्तरमा लिभरपुुलले अघिल्लो यात्रा तय गर्यो।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *