अभिनेत्री सोनम कपुर आइसोलेशनमा

फाेटाेः गुगल 

बलिउड नायिका सोनम कपुर कोरोना त्रासबीच लण्डनबाट भारत फिर्ता भएकी छिन् । 

सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’ 

Image result for सोनम कपुर

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् । 

सोनमले भनिन्, ‘एयरपोर्टमा मेरो विभिन्न स्थानमा परीक्षण भयो ।’ एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी त छिन् तर आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् । आजकाल धेरैजसो मानिसहरु भाइरसबाट बच्नका लागि आफ्नो घरमै बसिरहेका छन् र भीडभाडयुक्त इलाकामा सकेसम्म जान अस्विकार गरिरहेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =