रुनीले गरे ऐतिहासिक गोल, प्रिमियर लिगमा २०० गोल गर्ने दोस्रो खेलाडी
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ६ । १३ वर्षपछि पुरानै क्लब एभर्टनमा फर्केका वायन रुनीले इंग्लिश प्रिमियर लिगमा २०० गोल पुर्याएका छन् ।
प्रिमियर लिगमा २०० गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी एलन शियरर हुन् । उनले लिगमा २६० गोल गरेका थिए ।
एभर्टनको घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग सोमबार राति भएको खेलमा रुनीले गोल गर्दै अग्रता दिलाएका थिए ।सिटीका लागि रहिम स्टर्लिङले गोल गर्दै बराबरी गरेका थिए ।
पछिल्लो समयमा वायन रुनी फर्ममा नभएको भन्दै आलोचना हुने गरेको थियो । तर सोमबारको प्रदर्शनले भने उनी अझै फर्ममा रहेको विश्लेषकहरुको भनाई छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित