आइपीएल: सन्दिपको टिम दिल्लीले हैदराबादलाई हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । आइतबार राति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल गर्न सफल भएको हो । 

 

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो । उसका लागि श्रेयस ऐयरले सर्वाधिक ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । १ सय ५६ रनको चुनौति लिएर जवाफी व्याटिङ गरेको हैदरावाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनमा अलआउट भयो । उसका लागि डेविड वार्नरले ५१ तथा जोनी बैस्टोले ४१ रन बनाए । 

null

हैदरावादलाई कम स्कोरमा रोक्न दिल्लीका लागि कासिगो रावाडाले चार तथा क्रिस मोरीसले तीन विकेट लिए । जितपछि दिल्ली आठ खेलमा ५ जीतका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ । नेपाली बलर सन्दीप लामिछानेलाई भने दिल्लीले बेन्चमा राख्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =