भारतविरुद्ध ब्याटिङ गर्दै दक्षिण अफ्रिका, गुमायो ६ ब्याट्सम्यान

 

जेठ २२, काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । 

साउथ ह्याम्पटनमा भारतविरुद्ध दक्षिण अफ्रिकाले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । भारतले अहिले बलिङ गरिरहेको छ । 

null

जारी खेलमा अहिलेसम्म दक्षिण अफ्रिकाको ६ विकेट पतन भएको छ । क्रिस मारिस र एण्डिले फेहललुकवायो क्रिजमा छन् । दक्षिण अफ्रिकाले पावर प्ले (शुरुवाती १० ओभर) मा ३४ रन बनाए । 

दुवै ओपनर्स हासिम अमला र क्विन्टन डिडान्कले विकेट गुमाए । १६ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ६५ रन मात्रै बनाएको छ । 

भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =