विदेशबाट आउने नगदसँगै वस्तुगत सहयोग पनि लिने सरकारको निर्णय

काठमाडौं, भदौ २ । सरकारले बाढी पीडितहरुका लागि विदेशबाट आउने नगदसँगै वस्तुगत सहयोग पनि लिने निर्णय गरेको छ । मुख्यसचिवको नेृतृत्वमा आज बसेको बैठकले वस्तुगत सहयोग पनि लिने निर्णय गरेको हो । तर, यस्तो सहयोग भदौ ३० गतेसम्म डेलिभरी हुनुपर्नेछ ।

यस्तै गृह मन्त्रालयले तोकेको स्थानमा हस्तान्तरण भएमात्रै सामान लिन सक्ने पनि सरकारले जनाएको छ । यस्तै वस्तुगत सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी समितिले तोकेको प्राथमिकता र क्षेत्रमा सम्वन्धित स्थानीय तहले राहत वितरण गर्न सक्नेछन् । राहत उपलब्ध गराउने व्यक्ति वा संस्था सहभागी हुन पनि पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *