प्रदेश नम्बर २ मा आजबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौँ – प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि भदौ १ अर्थात् आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले दुई दिन अघि जारी गरेको सूचना अनुसार आचारसंहिता आजबाट लागू भएको हो । आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइँने छैन ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्बन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ । यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि यो आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था लगायत ११ व्यक्ति, संस्था र निकायलाई निर्वाचन आचारसंहिता लागू हुनेछ । निर्वाचनमा भाग लिने उम्मेदवारलाई भने भदौ २१ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता तर्जुमा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *