बाघको छाला सहित चितवनमा तिन पक्राउ

असोज ८, चितवन । बाघको छाला सहित चितवनमा तिनजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका पुलचोक नजिकबाट चितवन प्रहरीले ३ थान बाघको छाला सहित तिनजनालाई पक्राउ पक्राउ गरेको हो । 

बाघको छाला सहित प्रहरीले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ४३ को   दिपक भनिने चिरञ्जीवी सेन ठकुरी,पाल्पा जिल्ला निस्डी गाउँपालिका वडा नम्बर २ सहलकोट बस्ने बर्ष ३३ को चुम बहादुर राना र वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २६ को हिम साङ्वो भट्टचनलाई पक्राउ गरेको हो ।  

बाघको छाला बिक्री वितरणको लागि चितवनमा ल्याइएको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोली ग्राहक बनेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बाघको दात सहितको छाला ३ थान र ना २४ प २५०९ नम्बरको  मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।  

पक्राउ परेकाहरुले वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङ शेराबाङबाट बेखविखनको लागि बाघको छाला चितवन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला डिभिजन बन कार्यालय चितवनमा प्रवक्ता  कोइरालाले बताए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =