निवर्तमान उपसभामुख तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ ग्रहण

फागुन ५, काठमाडौं । निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएकी छिन् ।   

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजिनामा दिएपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । 

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =