सन्दीपको टिम दिल्लीले बैंगलोरलाई दियो १ सय ८८ रनको लक्ष्य

बैशाख १५, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबारको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
फिरोज शाह कोट्ला मैदानमा जारी खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टोली दिल्लीले विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई जितका लागि १ सय ८८ रनको चुनौति दिएको हो ।
null
दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८७ रन जोड्यो।
दिल्लीका लागि कप्तान श्रेयर अयरले सर्वाधिक ५२ रन जोड । यस्तै शिखर धवनले ५० रन, शेर्फान रुथार्फोर्डले २८ रन जोड्दा अक्षर पटेलले १६ रन बनाए । दिल्लीका पृथ्वी श १८ रनमा आउट हुँदा कोलिन इम्ग्रामले ११ रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
दिल्लीले बैंग्लोरविरुद्धको खेलमा सन्दीप लामिछानेलाई पनि मैदान उत्रिने अवसर प्रदान गरेको छ । यस सिजनको ५ खेलमा ८ विकेट हात पारिसकेका सन्दीप दिल्लीको प्लेईङ सेटमा परेका हुन् । उनलाई प्लेइङ–११ मा समावेश गरिएको हो। केहीबेरमा सन्दीप बलिङमा उत्रँदैछन् ।
११ खेलबाट १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा छ भने ११ खेलबाट ८ अंका मात्रै जोडेको बैंग्लोर पुछारमा छ । दुवै टोली आजको खेल जित्ने दाउमा मैदान उत्रिएका छन् ।








