भ्रष्टाचारमा मुछिएका १४ जना अधिवक्तालाई १८ महिना जेल सजाय

कार्तिक १९, काठमाडौं । पेरुका १४ जना अधिवक्तालाई १८ महिनाको जेल सजाय हुने भएको छ ।   

एक निर्माण कम्पनीलाई सघाएर आर्थिक लाभ लिएको आरोपमा पेरुका न्यायाधीश जर्ज चाभेजले सोमबार १४ जना वरिष्ठ अधिवक्तालाई १८ महिना जेलमा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् ।   

वकिलहरुले भने उक्त आरोप अस्वीकार गरेका छन् ।   

Image result for जेल सजाय

ब्राजिलको ठूलो निर्माण कम्पनी वडेब्रेक्ट १२ मुलुकमा आफ्नो निर्माण कार्य गरिरहेको छ । जसले कम्तिमा ७८८ मिलियन डलर भ्रष्टाचार भएको बताइएको छ ।   

उक्त घटनामा चारजना पूर्व राष्ट्रपतिको नाम समेत जोडिएको छ । उनीहरुलाई पनि भ्रष्टाचार अभियोगमा जेल हुनसक्ने अथवा अनुसन्धान गर्न सकिने जनाइएको छ । जसमध्ये एकजना पूर्वराष्ट्रपतिले अप्रिलमा प्रहरी उनको घरमा आएको थाहा पाएपछि आफैंलाई गोली हानी हत्या गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =