‘सङ्कटमा देश सम्झेर आएकाहरूप्रति राज्य निर्दयी बन्न मिल्दैन’

चैत १९, काठमाडौं। नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सङ्कटमा देश सम्झेर आएकाहरू प्रति सरकार निर्दयी बन्न नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै नेता पौडेलले सङ्कटमा देश सम्झेर आएकाहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्न नमिल्ने स्मरण गराएका हुन्।   

नागरिकलाई प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न नपाइने पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू नेपाली हुन्। उनीहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आवश्यक छ।’ 

उनले अगाडि लेखेका छन्, ‘तर नागरिकलाई प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न पाइँदैन। सङ्कटमा देश सम्झेर आएकाहरूप्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्न मिल्दैन।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =