ब्रोइलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय पक्राउ
२०७६ असोज ४ गते

असोज ४, राँझा । ब्रोइलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ । रासस

२०७६ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित








