दोस्रो हरिवन मेयर कप फुटबल प्रतियोगिता आयोजना हुँदै

हरिवन, ७ असार । दोस्रो हरिवन मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हरिवन नगरपालिकामा ‘स्वास्थ्यका लागि लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, हाम्रो हरिवन राम्रो हरिवन’ भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको हो । 

 

खेलाडी र खेलको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले खेलकुद आयोजना गर्न लागिएको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले बताएका छन् । प्रतियोगितामा प्रदेश २ का जिल्लास्तरीय टिमको सहभागिता हुने आयोजकले जनाएको छ । 

null

 

खेलमा प्रथम हुने टिमलाई १ लाख ५० हजार र द्वितीय हुनेलाई ७५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था मिलाइएको छ । खेलमा उत्कृष्ट टिम र खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक हरिवन नगरपालिकाले जनाएको छ । खेल असार ९ गतेदेखि सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =