आईपीएल: दिल्ली पञ्जावसँग पराजित, सन्दीपको राम्रो प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तरगत सोमबार राति भएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल पराजित भएको छ । दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो । 

मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९.२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो । 

१६७ रनको सामान्य लक्ष्य पाएको दिल्लीका लागि कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इन्ग्रामले मध्य स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन् । यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए । 

null

 

कोलकात्ताविरुद्ध ९९ रन बनाएको ओपरनर पृथ्वी शा पहिलो बलमा नै आउट भएका थिए । आइपीएलमा पहिलो पटक ब्याटिङको मौका पाएका सन्दीपले पहिलो बलमा नै पञ्जाबका साम कुरनबाट बोल्ड आउट भए । दिल्लीको ब्याटिङलाइन धरासायी बनाउने क्रममा पञ्जाबका लागि इङ्ल्याण्डका खेलाडी साम कुरन एक्लैले ४ विकेट लिए । 

आईपीएलमा यस सिजनको दोस्रो खेल खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे । उनले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए । सन्दीप यस खेलमा पनि दिल्लीका लागि सबैभन्दा किफयती बलर बने । 

४ खेलमा २ जित र २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छ । भने ४ खेलमा ३ जित हात पारेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =