एनआई सी एशिया बैंकको “समृद्ध नेपाल सुखी नेपाली” बचत खाता सञ्चालनमा

 

चैत्र २८, काठमाडौं । एनआईसी एशिया बैंकले समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालनमा ल्याएको छ । 

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको हो । 

null

आउँदो नयाँ वर्षदेखि लागुहुने उक्त बचत खाता खोल्ने प्राकृतिक व्यक्तिहरु लाई बैंकले आफ्नो तर्फबाट रु।१०० नगद खातामा जम्मा गरिदिने छ । 

करिब १५ लाख ग्राहक रहेको यस बैंकको प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =