च्याम्पियन्स लिग: आत्मघाती गोलको सहयोगमा बार्सिलोना विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । लुक शअको आत्मघाती गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोनाले सफलता हात पारेको हो । 

 

बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । खेलको १२ औं मिनेटमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो । कप्तान लियोनेल मेस्सीको पासमा लिभरपुलका पूर्व फरवार्ड लुइस सुआरेजको प्रहारलाई गोललाइनबाट रोक्ने प्रयास गर्दा लुकले आत्मघाती गोल गर्न पुगेका थिए । 

null

 

भिएआरको सहायतामा उक्त गोललाई मान्यता दिइएको थियो । बुधबार राति भएको खेलमा पाहुना टोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न सकेन । यता, म्यानचेस्टर युनाइटेडले गोलका केही प्रयास गरेपनि गोल गर्न असमर्थ बन्यो । जितसँगै बार्सिलोनाले युनाइटेडलाई घरेलु मैदानमा पराजित गर्न सफल भयो । 

 

अहिलेसम्म युनाइटेड आफ्नो मैदानमा बार्सिलोनासँग हारेको थिएन । हारअघि युनाइटेडले आफ्नो मैदानमा चार खेल खेल्दा समान दुई जित र बराबरीको नतिजा निकालेको छ । दोस्रो लेग बार्सिलोनको मैदानमा १७ अप्रिलमा हुनेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =