सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइनेः अर्थमन्त्री
२०७७ जेठ १५ गते

काठमाडौँ। प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्। यस कार्यक्रम अन्तर्गत थप दुई लाख रोजगारी स्थापना गरिने लक्ष्य रहेको उनले बताए।
यस कार्यक्रमका लागि सरकारले ११ अर्व ६० करोड विनियोजन गरेको उनले बताए। सीप विकास तथा प्रशिक्षण कार्यक्रमका लागि १ अर्व विनियोजन गरिएको बताए। यसबाट थप ५० हजार रोजगारी स्थापना गरिने उनले बताए।
साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना उनले बताए। आगामी वर्ष ७५ हजार जनालाई सीपमूलक तालिम दिन ४ अर्व ३४ करोड बजेट छुट्ट्याइएको उनले बताए।
हाल दिइँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने बताए। सामाजिक सुरक्षा भत्ता लागि ६७ अर्व ५० करोड विनियोजन गरिएको उनले बताए।
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








