स्वास्थ्य संगठनको महासभामा मन्त्री ढकालले गरे नेपालीमा सम्बोधन [भिडियोसहित]

काठमाडौं । अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले अङ्ग्रेजीमा आफ्नो मन्तव्य दिने गरेकामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठनको ७३औँ विश्व स्वास्थ्य महासभालाई नेपाली भाषामा नै सम्बोधन गरेका छन् ।

यसपटक कोभिड-१९ को कारणले स्विट्रजरल्यान्डको जेनेभामा भएको महासभामा मन्त्री ढकालले गएराति नेपाली भाषामा सम्बोधन गर्नुभएको मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले जानकारी दिए । ‘मन्त्रीज्यूले आफ्नो भाषामा महासभालाई सम्बोधन गरे के हुन्छ भनेर हामीलाई सोध्नुभयो’, उनले भने, ‘हामीले पनि विभिन्न अन्तर्राष्ट्रिय अभ्यास हेर्दा हुन्छ भन्यौ ।’

यसअघिका महासभामा नेपालबाट सहभागी मन्त्रीले अङ्ग्रेजीमा नै सम्बोधन राख्ने राख्ने गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा चीन, भारतलगायत देशले आफ्नो भाषा प्रयोग गर्ने गर्दछ । सम्बोधनका क्रममा उनले कोभिड–१९ विरुद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका थिए ।

सोमबारदेखि शुरु भएको हिजो राती सकिएको हो । कोभिड–१९ को कारणले महासभा यसपटक भर्चुअल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =