नेपालमा २८१ जनामा काेराेना पुष्टि, धनुषामा थपिए २ संक्रमित !
२०७७ जेठ ३ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । आज (शनिबार) साँझ थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भइसकेका छन् ।

२०७७ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








