वीपी प्रतिष्ठानमा मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । प्रतिष्ठानका नर्सहरुले मंगलबार फ्लोरेन्स नाइटिङ्गेललाई सम्झिएर नर्सिङ डे मनाए ।
प्रतिष्ठानका नर्सहरुले लकडाउनको समयमा पनि नाइटिङ्गेललाई सम्झिए । फ्लोरेन्स नाइटिंगेलको २ सय औं जन्म दिवसको अवसरमा उनीहरुले नाइटिङ्गेलको फोटोमा माल्यापर्ण गरे साथै उनकै पदचापमा आफुलाई उभ्याउने प्रण गरे ।
प्रतिष्ठानका मेट्रोन तथा नर्सिङ संघका ईकाई अध्यक्ष उपेन्द्र यादवले सामाजिक दुरी कायम गर्दै गरीएको कार्यक्रममा प्रतिष्ठानका वार्ड इञ्चार्जहरु मात्र सहभागी भएको बताए ।
सो अवसरमा १०० पिस प्लाष्टिकको गाउन, १०० पिस फेस सिल्ड, १०० पिस क्याप जनशक्ति र कामको प्रकृतिको आधारमा वार्ड इञ्चार्जहरुलाई वितरण गरिएको थियो । हरेक वार्डमा ५ देखि १० वटासम्म ती आवश्यक सुरक्षा सामग्रीहरु दिइएको थियो । प्रतिष्ठानमा ६ सय बढी नर्सहरु कार्यरत छन् ।








