वीपी प्रतिष्ठानमा मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । प्रतिष्ठानका नर्सहरुले मंगलबार फ्लोरेन्स नाइटिङ्गेललाई सम्झिएर नर्सिङ डे मनाए ।

प्रतिष्ठानका नर्सहरुले लकडाउनको समयमा पनि नाइटिङ्गेललाई सम्झिए । फ्लोरेन्स नाइटिंगेलको २ सय औं जन्म दिवसको अवसरमा उनीहरुले नाइटिङ्गेलको फोटोमा माल्यापर्ण गरे साथै उनकै पदचापमा आफुलाई उभ्याउने प्रण गरे ।प्रतिष्ठानका मेट्रोन तथा नर्सिङ संघका ईकाई अध्यक्ष उपेन्द्र यादवले सामाजिक दुरी कायम गर्दै गरीएको कार्यक्रममा प्रतिष्ठानका वार्ड इञ्चार्जहरु मात्र सहभागी भएको बताए ।

सो अवसरमा १०० पिस प्लाष्टिकको गाउन, १०० पिस फेस सिल्ड, १०० पिस क्याप जनशक्ति र कामको प्रकृतिको आधारमा वार्ड इञ्चार्जहरुलाई वितरण गरिएको थियो । हरेक वार्डमा ५ देखि १० वटासम्म ती आवश्यक सुरक्षा सामग्रीहरु दिइएको थियो । प्रतिष्ठानमा ६ सय बढी नर्सहरु कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *