१२१ जना संक्रमित हुँदा ३३ जना डिस्चार्ज
२०७७ वैशाख २९ गते

काठमाडौं । कोशी अस्पताल विराटनगरमा उपचाररत दुई जना पुरुषहरु डिस्चार्ज भएका छन् ।
भोजपुरका २६ वर्षीय पुरुष १८ औं दिनमा डिस्चार्ज भएका हुन् भने अर्का एक जना झापाका ४८ वर्षीय पुरुष १५ औं दिन डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा. देवकाेटाका अनुसार उनीहरूलाइ २४ घण्टाभित्र २ वटा परीक्षणहरू नेगेटिभ भएपश्चात् डिस्चार्ज गरिएकाे हाे ।
नेपालमा हालसम्म १२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ जना उपचारपछि निको भइसकेका छन् ।
२०७७ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








