धनगढीको एक विद्यालयमा जेसीबी चालक मृत फेला
२०७७ वैशाख २० गते

धनगढी। धनगढीको एक विद्यालयमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा निर्माणको काममा संलग्न ३० वर्षीय तिलक बुढामगर मृत फेला परेका हुन्।
उनी सुतेकै ठाउँमा मृत फेला परेको सीमा प्रहरी चौकी बहुलियाले जनाएको छ। दाङको भालुवाङ घर भएका बुढामगर सोही विद्यालयमा निर्माणको काममा जेसीबी चलाउँदै आएका थिए।
घटनाबारे थप अनुसन्धान गरिने सीमा प्रहरी चौकी बहुलीयाका प्रहरी नायव निरीक्षक जयबहादुर सिंहले बताए।
२०७७ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








