कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न निर्देशन

हेटौंडा। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ। स्थानीय तहसँगको समन्वयमा नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयले नजिता प्रकाशन पश्चात उपयुक्त बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि निर्देशन दिएको छ। भर्नाको व्यवस्था गर्दा सामाजिक दुरी कायम गर्न समेत आग्रह गरिएको छ। पाठ्यपुस्तकको लागि भने मन्त्रालयले सहजीकरण गर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =