ओली सरकार प्रति डा. कोइरालाको तर्क ‘अजबको सरकार-गजबको कानुन’

काठमाडौं । एउटै प्रकृतिको घटनामा सरकारले द्वैध चरित्र देखाएको नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । संघिय समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री सांसद डा. सुरेन्द्र यादव प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले सरकारले द्वैध चरित्र देखाएको जिकिर गरेका छन् ।

भर्खरै सामाजिक सञ्चालमा सांसद डा. सुरेन्द्र यादवले आफु अपहरित भएको भन्दै महानगरीय प्रहरी परिसरमा आफैं उपस्थित भएर अपहरण भएको उजुरी दर्ता गराउन खोज्दा प्रहरीले नमानेको प्रति लक्षित गर्दै ओली सरकारलाई ‘अजबको सरकार गजबको कानुन’ भनेका छन् ।

उनले पूर्व सचिबलाई साइबर क्राइमको अपराधमा हिरासतमा राख्दा पूर्वप्रधानमन्त्री समेत उपस्थित भएर अपहरणको मुद्दा दर्ता गर्दा प्रहरीले मुद्दा दर्ता नगर्नु द्वैध चरित्र भएको जिकिर गरेका हुन् ।

‘सरकारको बिरोध गरेको भन्दै साईबर अपराधको मुद्दामा एक जना पुर्व सचिव प्रहरी हिरासतमा छन । तर, अर्को तिर पुर्वप्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति आफै उपस्थित हुँदा पनी प्रहरी अपहरणको मुद्दा दर्ता गर्न मान्दैन । अजबको सरकार-गजबको कानुन । अनी सर्वसाधारणले कसलाई के बिश्वास गर्ने ?’ डा. कोइरालाले प्रश्न गरेका छन् ।

बैशाख १० गते साँझ महोत्तरीको आफ्नै घरबाट तत्कालिन समाजवादीका सांसद तथा पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, पूर्वमन्त्री सांसद महेश बस्नेत तथा अर्का सांसद किसान श्रेष्ठसमेतले जवरजस्ती काठमाडौं ल्याएको आरोप छ ।

यता सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *