बंगालको खाडी र अरब सागरको वायुले वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । बंगालको खाडी अरब सागरका जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको जलवाष्प मिसिएपछि नेपालमा वर्षा भइरहेको छ । अहिले बंगालको खाडीबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्रिएपछि हरेक दिन पानी पर्न थालेको हो ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार यसपटक स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नेपाली भू-भागमा भित्रिरहेकाले दिनहुँजसो वर्षा हुन थालेको छ । आज पनि अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
यो क्रम अझै केही दिन जारी रहने महाशाखाले जनाएको छ । प्रि मनसुन सक्रिय भएपछि तराईमा गर्मी बढ्न पाएको छैन । काठमाडौं उपत्यकासहित पहाडी र उच्च हिमाली भेगमा बिहान बेलुकी अझै पनि चिसो नै छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान :-
बैशाख १५ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बैशाख १६ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बैशाख १७ गते (बुधबार)