वीरगन्जमा थप दुई जनामा देखियो कोरोना संक्रमण

काठमाडौं। नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएर घरमा छन्।

आइतबार सङ्क्रमण पुष्टि भएका दुई जना नारायणी उप-क्षेत्रीय अस्पतालमा आइसोलेशनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुई पुरुषहरूमा सङ्क्रमण देखिएको आइतवार पुष्टि भएको हो। उनीहरु वीरगन्जकै स्थानीय हुन्।

दुवै सङ्क्रमित व्यक्तिहरू अहिले आइसोलेशनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सबैभन्दा बढी संक्रमण उदयपुरमा देखिएको छ। जसमा २८ जना संक्रमित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =