न्यूयोर्कमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी

एजेन्सी। अमेरीकाको न्यूयोर्कमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण मुत्यु हुनेको संख्यामा कमी आएको छ। शुक्रबार यता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमि आएको त्यहाँका गर्भनर एन्ड्रू कोमोले बताए।

उनका अनुसार शुक्रबार कोरोना संक्रमणका कारण ४ सय २२ जनाको मृत्यु भएको छ। २४ घण्टाको यस मृत्युदर ३१ मार्च पछिको सबैभन्दा कम हो। उक्त दिन ३ सय ९१ ले ज्यान गुमाएका थिए। तर कोमोले मृत्युदरमा कमि आएपनि ढुक्क रहने स्थिति भने नरहेको बताए।

अझै पनि मानिसहरु मरिरहेका कारण संक्रमणले निम्त्याउने अवस्था अकल्पनीय भएको उनको भनाइ छ। हालसम्म न्यूयोर्कमा १६ हजार भन्दा बढी मानिसले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। न्यूयोर्कमा मात्र १४ हजार २ सय ५८ मानिस उपचाररत् छन्। नयाँ संक्रमितको संख्या १३ सय रहेको छ।

कोरोना भाइरस विनाशकारी चुनौती भएकोले सामाजिक दूरी कामय राख्ने विषयमा तत्काल लचिलो बन्न सम्भव नहुने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =