छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । बारा, कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्पस्थित सडकमा बा. १ क ४८३६ नम्बरको ट्रक अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्रकमा सवार जीतपुर सिमरा उपमहानगरपालिका–८ ईमली प्रती बस्ने ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, प्रसौनी गाउँपालिका-७ बन्जरीमा ना.७ त ४३८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक प्रसौनी गाउँपालिका-५ प्रस्टोका टोल बस्ने २८ वर्षीय तेजनरायण साह तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाजुरा, हिमाली गाउँपालिका-५ क्युडीस्थित सडकमा सु. प. प्र.०१९००१ ज १४७८ नम्बरको जिप अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा हिमाली गाउँपालिका-२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्ला ताजाकोट गाउँपालिका-५ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कोल्टी अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जिप चालक समेत ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =