कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
२०८३ साउन ५ गते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आगलागी भएको निजी कारबाट एक जनाको शव निकालिएको छ ।
कीर्तिपुरको चाँदनीचोक क्षेत्रमा कारसहित जलेको अवस्थामा व्यक्ति फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी भएको कारभित्र एक जनाको शव भेटिएको हो । घटनाको पहिचान र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८३ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








