कीर्तिपुरमा निजी कारभित्र जलेको अवस्थामा एक व्यक्ति फेला
२०८३ साउन ५ गते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा फेला परेका छन् ।
कीर्तिपुरको चाँदनीचोक क्षेत्रमा कारसहित जलेको अवस्थामा व्यक्ति फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार कारभित्र एक जना व्यक्ति जलेको अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । एसपी भट्टराईले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
२०८३ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








