सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका युवकलाई काठमाडौं ल्याइएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका उपेन्द्र मण्डलका ३४ वर्षिय छोरा विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।

उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।घरमा सामान्य विवाद भएपछि विवेक घरबाट निस्किएका थिए। त्यसपछि सडकमा पुगेर उनले शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।

बीएससी उत्तीर्ण गरेका विवेकले करिब डेढ वर्ष निजी क्षेत्रमा जागिर गरी पछिल्ला दुई वर्षदेखि भने घरमै बस्दै आएका थिए । उनको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको प्रहरीले जनाएको छ । मण्डललाई उपचारको लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =