कसैको इच्छा पूरा गर्ने ढंगले एमाले अघि बढ्दैन: महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरूलाई अस्वीकार गर्न नमिल्ने भन्दै महाधिवेशनमार्फत निर्वाचित नेतृत्वको विषयमा विवाद सिर्जना गर्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पार्टीको नेतृत्व ११ औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताए । उनले नेतृत्व चयन पार्टीको स्थापित वैधानिक संरचना, विधि र अभ्यासअनुसार हुने भन्दै महाधिवेशनबाट भएका निर्णयलाई व्यक्तिगत चाहना वा असन्तुष्टिका आधारमा मान्दिनँ भन्न नपाइने बताए ।

उनले पार्टीभित्र देखिएका अन्तर्विरोध हटाएर केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको समेत बताए । कसैको व्यक्तिगत इच्छाअनुसार पार्टीले कुनै निर्णय नगर्ने उनको भनाइ छ । यद्धपि निर्वाचनमा अनपेक्षित नतिजा कसरी आयो भन्ने विषयमा आवश्यक छलफल र समीक्षा गर्न सकिने बर्तौलाको भनाइ छ ।

नेतृत्वको आलोचना गरेर लोकप्रिय बन्न सकिन्छ भन्ने मनसायले पार्टीका केही पदाधिकारीहरू उद्वेलित भइरहेको उनको आरोप छ ।

पार्टीका सबै तहका पार्टीको नेता–कार्यकर्ताले वैधानिक संरचनाबाट भएका निर्णयको सम्मान गर्दै पार्टीलाई मजबुत बनाउने दिशामा अद्धि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =