ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
२०८३ असार २३ गते

सांकेतिक तस्बीर ।
गाईघाट । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द साह र सचिन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेकाले प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएको हो ।
घटना लगत्तै पीडित महिलाले प्रहरी चौकी उदयपुर गढीमा खबर गरेपछि उदयपुर गढीबाट खटिको प्रहरीले अभियुक्तलाई उदयपुर गढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
२०८३ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








