बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित
२०८३ असार २३ गते

काठमाडौँ । बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि सार्वजनिक लेखा समितिको बैठक मंगलवार नै दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।
मंगलवार बिहान बसेको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने कार्यसूची थियो । तर उपसमितिको संयोजक चयनमा विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको हो ।
सार्वजनिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्ने लागेको छ ।
अर्थ सुशासन उपसमिति, राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी उपसमिति र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति छन् ।
सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षीहरू दलहरूले विरोध गरेका छन् ।
२०८३ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








