निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब बजेट

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्याएको छ ।

मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गतका लागि बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्याएको छ । कञ्चनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्याइएको छ ।

अछाम जिल्लाका अधुरा सडकका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ । मकवानपुरको अधुरो सडकका लागि रु ११ करोड ५० लाख विनियोजन गरिएको छ ।

मोरङको सडकका लागि रु १३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयले निर्वाचन रणनीतिक सडकका अधुरा योजना सम्पन्न गर्नका लागि न्यूनतम रु ३० लाखदेखि १४ करोड ३० लाख रकमसम्म विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =