पाकिस्तानमा डुङ्गा पल्टिँदा एउटै परिवारका ७ जनाको मृत्यु, १ बेपत्ता

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको सैफुल्ला तालमा पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु हुनुका साथै एक जना व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ ।

एउटै परिवारका आठ जना सदस्य बोकेको डुङ्गा स्वात जिल्लाको सुन्दर कलाम क्षेत्रमा पल्टिएर डुबानमा पर्दा दुर्घटना भएको जिल्ला प्रहरी अधिकारीलाई उदृत गर्दै मिडियाले जनाएका छन् ।

सात जना पीडितको शव बरामद गरिएको उद्धार टोली, प्रहरी अधिकारी र स्थानीय स्वयंसेवकहरूले बेपत्ता व्यक्तिको खोजी जारी राखेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =