खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनीहरूले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिइन् ।
सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति पारदर्शी हुनुपर्ने बताए ।
सांसद सम्झना देवकोटाले धान र बीउमा आत्मनिर्भर रहने वातावरण बनाउन माग गरिन् ।
सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरका विषयमा उठेको प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई दलको सदस्यता दिनु वा प्रयोग गर्नु उचित नहुने धारणा व्यक्त गरिन् ।









