कपिलवस्तु र सिराहामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तु, शुद्धोधन गाउँपालिका–३ झरूवास्थित सडकमा भे. १ ख ३३५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–३ असुरैना बस्ने ५० वर्षीया मन्ना केवटको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिराहा, गोलबजार नगरपालिका–७ पुरानो चौहर्वास्थित सडकमा ना. ७ ख ३२४२ नम्बरको बस र प्र.२–०१–००१ प ४४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका–२ बस्ने २३ वर्षीय बिनोद यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =