सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने गतिविधि गरिरहेको छ: महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको पनि सांसद ठाकुरको जिकिर थियो । उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई थियो ।

उनले भने ‘जुन राज्य छ । यो ननफङसनिङ हो । जनताको हातमा त केही छैन । सबै सकियो । हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ । किनकि बाहिरका मानिसहरूले सबै चिज कब्जा गरिहाले । र उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ । हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौ । हामी यो देशका नागरिक हौ । हाम्रो चित्त बुझाउने किसिमको हाम्रो भलाई हुने किसिमको काम हाम्रो सरकार भएन हुने हो । यो त हाम्रो सरकार नै छैन । यो बाहिरवालाको सरकार हो । बाहिरवालाले त यो सरकारलाई बाहवाही दिइरहेको नै छ नि ।’

सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकहरूको कब्जामा गएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =