इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।

मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।

इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ ।

दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त “रिंग अफ फायर“ लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ ।

यसअघि सन् २०१८ मा पालूमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीका दुइ हजार २०० भन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =