काभ्रेपलाञ्चोकमा यात्रुवाहक बस दुर्घटना, सातको निधन, १५ घाइते
२०८३ जेठ २९ गते

काठमाडौँ । काभ्रेपलाञ्चोकको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
शुक्रबार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ ।
यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२०८३ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








