राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ । नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग र्पुयाउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न विधेयक ल्याइएको बताए ।

नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गर्न कानुनी सुधार आवश्यक भएकोले विधेयक ल्याइएको उनको भनाइ छ ।

बैंकको उद्देश्य, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =