प्रधानमन्त्री राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसर: नेकपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र साह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित गर्न अग्रसर रहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएर नेपाल र नेपालीहरूलाई विभाजित बनाएको आरोप लगाएका हुन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको दोहोर्याउँदै ती क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न विपक्षी दलहरूले दिएको सुझावलाई प्रधानमन्त्री शाहले विषयान्तर गर्न खोजेको आरोप पनि लगाए । उनले सिटिङ प्राइम मिनिस्टरले आफ्नो देशले छिमेकी मुलुकको भूभाग मिचेको छ भनेर अभिव्यक्ति दिन सक्छ रु भन्दै प्रश्न गरे ।

उनले भने ‘नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि नेपालको सिमानाको सम्बन्धमा, नेपालको राष्ट्रियताको सम्बन्धमा र राष्ट्रिय स्वाभिमानको सम्बन्धमा अहिलेसम्म विभाजित भएका छैनौँ । यही जेठ १७ गते यही रोष्ट्रमबाट सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको भूअखण्डताको विरोधमा आपत्तिजनक अभिव्यक्ति दिनुभयो । ‘नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको रहेछ’, एउटा सिटिङ प्राइम मिनिस्टरले यस्तो भन्नसक्छ ? कुनैपनि नेपालीले अहिलेसम्म भनेको छैन । सायद संसारका कुनैपनि सत्तासिन नेताहरूले यस्तो भनेको सुनेको छैन । कालापानी , लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो । हामी यो अतिक्रमित भूमि फिर्ता चाहन्छौँ । हामीले प्रधानमन्त्रीज्यूलाई कूटनीतिक प्रयास गर्नुस् न प्रधानमन्त्रीज्यू भनेको हो । विषयान्तर गर्नुस् भनेको होइन । हामी डिफेन्सिभ भएका छौँ । हाम्रा कूटनीतिज्ञहरूले कुन हैसियतले कुरा गर्छन् अब रु कुन स्वाभिमानले उनीहरू प्रस्तुत हुन सक्छन् रु यसरी हुन्छ नेशोशिशन रु त्यसैले हामीले भनिरहेका छौँ, हाम्रो राष्ट्रियता र भूखण्डताको सम्बन्धमा प्रधानमन्त्रीज्यूले बोलेका अभिव्यक्तिहरू यही रोष्ट्रममा आएर फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ र संसदको अभिलेखमा रहेको ती शब्दहरूलाई हटाइनुपर्छ ।’

उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुका साथै नागरिकसमक्ष माफी माग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =